Aamsanchar

वराहक्षेत्र नगर अस्पतालमा आकस्मिक कक्ष सुरु

Author Image
मङ्गलवार, साउन १, २०८१

वराहक्षेत्र-वराहक्षेत्र नगर अस्पतालमा आकस्मिक कक्षको सुरुवात गरिएको छ । बिरामीलाई आकस्मिक सेवा प्रदान गर्न आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालको आफ्नै आन्तरिक स्रोतबाट निर्माण गरी आकस्मिक कक्षको विधिवत रूपमा उद्घाटन गरिएको छ ।

नौ शय्याको आकस्मिक कक्षको उद्घाटन नगरप्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले सोमबार एक कार्यक्रमबिच गर्नुभएको हो । अस्पतालको स्रोतबाट २० लाख रुपियाँको लागतमा आकस्मिक कक्षसँगै अस्पतालपरिसरमा टायल लगाउने र शौचालय निर्माण गर्ने काम गरिएको अस्पतालका सहायक व्यवस्थापक दिवस विष्टले जानकारी दिनुभयो ।

चौबिसै घण्टा इमर्जेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्सरे, फिजोयोथेरापी सेवा र हप्ताको दुई दिन आँखा उपचार सेवा, भिडियो एक्सरे सेवाहरू सञ्चालन गर्दै आएको अस्पतालमा आकस्मिक जाँचका लागि छुट्टै कक्ष बनेपछि सेवामा थप सुविधा पुग्ने अस्पताल प्रशासनले जनाएको छ ।

हाल अस्पतालमा तीन मेडिकल अफिसर ९एमबिबिएस० डक्टर, हेल्थ असिस्टेन्ट तीन, अहेव दुई र नर्सरअनमी १२ जना रहेकामा साउन १ बाट फिजिसियन, बालरोग, गाइनो, दाँतलगायतका थप सेवा सञ्चालनमा आउने अस्पतालका सहव्यवस्थापक विष्टले बताउनुभयो ।

अस्पतालका सहायक व्यवस्थापक दिवस विष्टका अनुसार हाल अस्पतालले मासिक ८० देखि ९० लाख रुपियाँको कारोबार गर्दै आएकोे छ । कारोबारबाट अस्पतालले मासिक १० लाख रुपियाँ बचत गर्ने गरेको जनाइएको छ ।

दैनिक नगर अस्तालमा दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । बिहान ७ देखि बेलुकी ७ बजेसम्म सार्वजनिक बिदाका दिनमा समेत अस्पतालले सेवा उपलब्ध गराउँदै आएको छ । वराहक्षेत्र नगर अस्पतालले वर्षको ३६५ दिन नै सार्वजनिक बिदा र शनिबारसमेत बिहान ७ देखि बेलुकी ७ बजेसम्म बहिरङ्ग सेवा र आकस्मिक सेवा दिँदै आएको छ ।

प्रकाशपुर, मधुवन, श्रीलङ्का टापु, महेन्द्रनगर, भरौल र वराहक्षेत्रका स्थानीय सामान्य उपचार गराउन पनि धरान र विराटनगरमा रहेका ठुला अस्पतालमा जानुपर्ने बाध्यता थियो । “सामान्य उपचारका लागि पनि दिनै बिताएर अस्पताल धाउनु पथ्र्र्यो । अलिकति साह्रो हुँदा गाडी रिजर्भ गरेरै धरान, विराटनगर पुग्नु पथ्र्यो,” वराहक्षेत्र–१० की रमा खड्काले भन्नुभयो ।

अस्पतालले नेपाल सरकारको बिमा बोर्डले सुविधा थैली अन्तर्गत दिएको आयुर्वेदिक औषधीसहित ११ सय २२ प्रकारका औषधी डाक्टरको सिफारिसमा बिरामीलाई निःशुल्क वितरण गर्दै आएको वराहक्षेत्र अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अध्यक्ष रमेश कार्कीले नगरपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरेको र सम्पूर्ण नगरवासीलाई स्वास्थ्यमा पहँुच पुर्याउन लागिपरेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर