Aamsanchar

पहिरोमा पुरिएर सासू बुहारीको ज्यान गयाे

Author Image
मङ्गलवार, साउन १, २०८१

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर सासू बुहारीको ज्यान गएको छ ।

पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको ज्यान गएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिनुभयो । पहिरोसँगै खसेको ठूलो ढुङ्गाले किचेर मोतिमाया र उहाँकी बुहारी समीक्षाको ज्यान गएको गाउँपालिका अध्यक्ष मेवाहाङले बताउनुभयो ।

ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर