Aamsanchar

काे बन्दैछ भारतीय राष्टिय टोलीको कप्तान ?

Author Image
बुधवार, साउन २, २०८१

काठमाडौं – भारतीय टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानमा सूर्यकुमार यादवको संभावना प्रबल बनेको छ। रोहित शर्मा, बिराट कोहली र रविन्द्र जडेजाले टी–ट्वेन्टी फम्र्याटबाट सन्यास लिइसकेपछि सूर्यकुमारको संभावना प्रबल भएको हो। रोहितपछि हार्दिक पाण्ड्या टी–ट्वेन्टी टोलीको कप्तानी सम्हाल्ने सबैभन्दा ठूलो दाबेदार हुन्।

तर, श्रीलंका भ्रमणका क्रममा उनको स्थानमा सूर्यकुमारलाई टी–ट्वेन्टी कप्तानको जिम्मेवारी दिइएको छ । भारतले श्रीलंकासँग आउँदो जुलाई २७ देखि टीट्वेन्टी र ओडीआई श्रृंखला खेल्दैछ।

हार्दिकले अहिलेसम्म तीन ओडीआई र १६ टी ट्वेन्टी खेलमा भारतीय टोलीको कप्तानी गरिसकेका छन्। उनले दुई सिजन आईपीएलमा गुजरात टाइटन्स र एक सिजन मुम्बई इन्डियन्सको कप्तानीसमेत गरेका थिए।

सूर्यकुमारलाई नयाँ जिम्मेवारी दिनुमा हार्दिकको खुट्टाको चोटलाई प्रमुख कारण मानिएको छ। यसअघि पनि सूर्यकुमारले भारतीय टोलीको कप्तानी गरिसकेका छन्।

अष्ट्रेलियाविरुद्धको घरेलु टीट्वेन्टी सिरिजमा पनि सूर्यकुमारले भारतीय टोलीको नेतृत्व गरेका थिए। सूर्यकुमारले घरेलु मैदानमा मुम्बईको कप्तानीसमेत गरिसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर