Aamsanchar

सुनको भाउ लगातार रेकर्ड बिन्दुमा, ताेलाकाे कति पुग्याे ?

Author Image
बुधवार, साउन २, २०८१

काठमाडौं – नेपाली बजारमा सुनको भाउ लगातार रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ। सुनको मूल्यले असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको हो।

आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर