Aamsanchar

बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु

Author Image
बुधवार, साउन २, २०८१

काठमाडौं – बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ। मंगलसेन नगरपालिका ३ लाक्षीमनाकी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो।

मंगलबार गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्किने क्रममा माथिबाट झरेको ढुंगा टाउकोमा लागेर घटनास्थलमै उनको मृत्यु भएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर