Aamsanchar

वराहक्षेत्रमा ६ वर्षीय एक बालकको ह*त्या

Author Image
बुधवार, साउन २, २०८१

वराहक्षेत्र- वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ विस्थापित टोलमा ६ वर्षीय एक बालकको हत्या भएको छ । मङ्गलबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलवार दिउँसो बालकलाई टाउकोमा हिर्काएर फरार रहेका एक जना पुरुषलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटना स्थल नजिकै रहेको बाङ्गेबजारबाट पक्राउ गरेको छ । आफन्त पर्ने ४५ वर्षीय वीरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर