Aamsanchar

माईधाममा श्रावणी सोमबारे मेला आयोजना हुने, सोही दिनबाट कनकाई आरती शुभारम्भ गरिने

Author Image
बुधवार, साउन २, २०८१

कनकाई । झापाको कनकाई माईघाम कोटिहोममा श्रावणी सोमबारे धार्मिक मेला आयोजना हुने भएको छ ।
विगतको वर्षमा भव्य रुपमा आयोजना हुने गरेको सोमबारे धार्मिक मेला कोरोना कहरले गर्दा धाम समितिले मेला आयोजना स्थगन गरेको थियो ।

यस वर्ष देखि भगवान शिवको महिना साउनमा पर्ने सोमबार धार्मिक मेला योजना गर्ने तयारी गरिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।
आउँदो सोमबार विविध धार्मिक विधि र परम्परा अनुसार जल बोकेर यात्रा गरिने बोलबम परम्परालाई पनि निरन्तरता दिइने छ । सोमबार कोटीहोम मूल मन्दिर केटीयश्वराय  र सामुन्य रहेको कनकेश्वर महादेवको प्रतिमा तथा शिवलिंगमा जल चढाउने व्यवस्था मिलाइएको धाम समितिले जनाएको छ ।

मेलाको लागि विभिन्न धार्मिक, सामाजिक सङ्घसंस्थाहरूलाई साउने सोमबारका दिन कोटीहवन आएर जल चढाउन समितिले निमन्त्रणा पठाउने काम गर्दै आएको छ, भक्तजनको उपस्थिति अनुसार सुरक्षा प्रदान,  समन्वय र मेलामा हुनसक्ने विकृति विंसंगतीलाई रोक्न जिल्ला स्थित सुरक्षा निकायमा पत्र पठाइएको, सोमबारबाट नै पवित्र मानिएको कनकाई माई नदी किनारमा कनकाई आरती सुरु गर्ने अध्यक्ष थापाले आमसंचारलाई जानकारी दिए । थापाका भनाई अनुसार कनकाई आरती अब हरेक सोमबार आयोजना हुुने छ ।

पूर्वमा भजन गायनको क्षेत्रमा उच्च छवि बनाउन सफल कलाकार राजु अधिकारी, दुुईदशक भन्दा लामो समयदेखि वाद्यवादन साधकको रुपमा परिचित कलाकारहरू ध्रुव पाठक, दुर्गा ओलीलगायत कलाकारहरूद्वारा कनकाई आरतीमा भजन, तथा बाध्य वाधन प्रस्तुत हुने बताईको छ ।

२०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथले कोटीहवन गराएर सुरुभएको धार्मिक स्थल कनकाई धाम कोटीहोम ३ बिघा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । होटीहवन क्षेत्रमा २४ धर गोत्रीय बन्धुहरूको मन्दिर तथा आश्रमहरू रहेको छ ।

कोटीहवन मूल मन्दिर देखि उत्तर तर्फ आज लक्ष्मीनारायण मन्दिरको शिलान्यास गरिएको छ । झापा दमक–६ निवासी हिरण्य कुमार ढुङ्गेल र दुर्गादेवी ढुङ्गेलले उक्त मन्दिर निर्माण गरिदिने भएका हुन ।
आफ्ना पितृहरूको स्मृतिमा निर्माण गरिने मन्दिर निर्माण लागत खर्च २५ लाख हुने मन्दिर निर्माणकर्ता हिरण्यकुुमारले बताए ।

धामका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा धामका वरिष्ठ उपाध्यक्ष निर्मलकुुमार खतिवडाले स्वगात र महासचिव दीनानाथ खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर