Aamsanchar

झापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृ*त्यु

Author Image
बुधवार, साउन २, २०८१

झापा- जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो ।

सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीप-कार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् । वर्ष आव २०७९/८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ । आव २०७९/८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए । ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो ।

सवारी कारबाही

जिल्लामा गत आव २०८०र८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत वर्ष सवारीसाधन कारबाहीबाट रु। तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ ।

सङ्घीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय जरिवाना लिने गरिएको प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सवारीसाधन र चालक अनुमतिपत्रका आधारमा कसुरको प्रकृति हेरी कारबाही गर्छौँ । एउटै चालक अनुमतिपत्र र सवारीसाधनले अर्को पटक गल्ती गरे जरिवाना बढ्दै जान्छ ।”

गत वर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाइकल कारबाहीबाट एक करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व सङ्कन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै १८ हजार छ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा एक करोड सात लाख २७ हजार राजस्व सङ्कलन भएको थियो । जिल्लामा दुर्घटना हुनुको प्रमुख कारण मादक पदार्थ सेवन ९मापसे० गरेर सवारीसाधन चलाउन रहेको नायब प्रहरी निरीक्षक गौतमले बताउनुभयो ।

गत वर्ष मापसे गरेर सवारीसाधन चलाउने दुई हजार ६४ सवारी साधनलाई करबाही गरिएको थियो । सवारी दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांशले मापसे गरेका व्यक्ति पाइएको प्रहरी नायब निरीक्षक गौतमले जानकारी दिनुभयो । यसै गरी तीव्र गति, चालकको लापरबाहीलगायत कारण रहेका उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर