Aamsanchar

मेक्सिकोका मुख्य प्रशिक्षक जाइम बर्खास्त

Author Image
बिहिवार, साउन ३, २०८१

कोपा अमेरिका फुटबलको समूहचरणबाटै बाहिरिएपछि मेक्सिकोका मुख्य प्रशिक्षक जाइम लोजानोलाई बर्खास्त गरिएको छ ।

उनको सट्टा जेभियर अगुइरेलाई तेस्रो कार्यकालका लागि मेक्सिकोको प्रशिक्षकको जिम्मेवारी दिइएको मेक्सिकन फुटबल फेडरेसनले जनाएको छ । उनले सन् २००२ र २०१० को विश्वकपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

लोजानोलाई मुख्य प्रशिक्षकबाट हटाएर अगुइरेको सहयोगीको रुपमा काम गर्न प्रस्ताव गरिएको भए पनि उनले अस्वीकार गरेका छन् । लोजानोले मेक्सिकोलाई सन् २०२३ को गोल्ड कपको उपाधि जिताएका थिए भने यसै वर्षको शुरुमा कन्काकाफ नेसन्स लिगको फाइनलमा पुर्‍याएका थिए ।

यसैबीच, मेक्सिकोले सन् २०२६ को विश्वकप क्यानडा र अमेरिकासँग मिलेर आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर