Aamsanchar

पुरानो मेडिकल कलेजमा उपचार गर्न पुगेका बिरामीको झ्यालबाट खसेर मृत्यु

Author Image
बिहिवार, साउन ३, २०८१

काठमाडौं – भरतपुर पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका एक बिरामीको तेस्रो तलाको झ्‍यालबाट खसेर एक मृत्यु भएको छ। बिहीबार करिब ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा नवलपरासी जिल्लाको हुप्सीकोट गाउँपालिका(२, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले थाहाखबरलाई जानकारी दिए।

मृतक मगर पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न पुगेका थिए।

डिएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर