Aamsanchar

फिफा वरीयतामा नेपाल यथावत्

Author Image
बिहिवार, साउन ३, २०८१

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल यथावत् छ । फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् रहेको हो ।

दक्षिण एसियाली वरीयतामा नेपाल तेस्रो स्थानमा कायम छ । दक्षिण एसियामा भारत पहिलो अर्थात् विश्व वरीयतामा १२४औँ स्थानमा छ । दक्षिण एसियामा दोस्रोमा रहेको माल्दिभ्स तीन स्थान खस्कँदै १६३औँ स्थानमा झरेको छ ।

दक्षिण एसियामा चौथो स्थानको भुटान १८२औँ नम्बरमा छ । पाँचौँ स्थानको बंगलादेश १८४औँ नम्बरमा छ । छैटौँ र सातौँ स्थानका पाकिस्तान र श्रीलंका क्रमशः १९७औँ र २०५औँ नम्बरमा छन् ।

फिफा विश्व वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै छ । वरीयताको दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा ब्राजिल छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर