Aamsanchar

माेरङका ७० वर्षीय वृद्ध जामुनलाल अनकन्टार जङ्गलमा ४–५ दिनसम्म कसरी बाँचे ?

Author Image
बिहिवार, साउन ३, २०८१

विराटनगर –अनकन्टार जङ्गल, झाडी नै झाडी, अविरल वर्षा, निरन्तरको गड्याङगुडुङ र चट्याङ । निस्पट अँध्यारा ती रात झेलेर पनि बाँचेका ७० वर्षीय जामुनलाल ऋषिदेवलाई जङ्गलमा कसले छोड्यो भन्नेबारे सर्वत्र चासो छ ।

मोरङको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वन ९चिहानडाँडा० देखि पूर्वपश्चिम सडकको उत्तरपट्टी ५ किलोमिटर टाढा गएर थप डेढ किलोमिटर पूर्व फर्केपछि जामुनलाल फेला परेको स्थलमा पुगिन्छ । ठुला–ठुला रुख र पटेर जङ्गलमा सानासाना गोरेटा छन् । जहाँ साइकल र मोटरसाइकल कुदाउन सकिन्छ । त्यस्तो ठाउँमा उनी आफैँ पुगे वा कसैले लगेर उनलाई छाडिदिएको हो भन्ने प्रस्ट भइसकेको छैन ।

जङ्गलमा चाररपाँच दिनसम्म रहँदा जामुनलालले पानी पनि पिउन पाएनन् । ठुलो स्वरले बोल्न नसक्ने, बोलेको कसैले सुन्नै नसक्ने, उठेर हिँड्न नसक्ने र सामान्यतः हातमात्र चलाउन सक्ने उनले एउटा सानो लाथ्रामा अढेस लागेरै चार रात र पाँच दिन (अनुमानका आधारमा)बिताइदिए ।

त्यसक्रममा उनलाई लामो जुँगा र लामो खुट्टा भएका राता किराले हातमा र खुट्टाको पैतालामा खाइरहे । धेरै जुका अघाए । हातले किरा र जुका हटाउन सकेनन् । ठाउँ सर्न पनि सकेनन् । पानी आउँदा ओत लाग्न सकेनन् । भोक लाग्दा खाने कुरा पाउने कुरै थिएन । पानी समेत पाएनन् । कल्पना गरौँ– उनले कसरी बिताए पाँच दिन ?

 

बेलबारी–चिसाङ साझेदारी वनका हेरालु कमाण्डर मुरारीप्रसाद काफ्ले गस्तीकै क्रममा सो स्थानमा पुग्यो । त्यसक्रममा परैबाट एउटा सानो पोका देखियो । ‘हामी गस्ती गर्ने क्रममा साझेदारी एरियामा नियमित गस्ती गर्छौं । त्यतिखेर जङ्गल एरियामा भित्री बाटो घुम्दै आउँदा रुखको हाँगा भाँचिएको ठाउँमा एउटा सानो पोकाजस्तो देखियो,’ काफ्लेले भने, ‘त्यहाँ गएर हेर्दा एक जना बुढो मान्छे बसिराख्नु भएको रहेछ । टाउको भुइँमा निहुरिएको थियो । हातखुट्टामा किरा, कमिला र जुका थिए । बोलाउँदा पनि बोल्न नसक्ने अवस्थामा थिए ।’

काफ्लेले वृद्धलाई बोलाएपछि उनले पानी मागेको इशारा गरे । ‘पानी मागेको इशारा गरेपछि हामीले बाटोमा निस्केर पानी लिएर गयौँ । दुई घुट्की पानी दिएपछि सासले स्याउस्याउ बोल्न थाले । त्यसपछि बोरा र जङ्गलको सानो हाँगा काटेर अस्थायी स्टेचर बनाएर गाडी चल्ने ठाउँसम्म बोकेर ल्यायौँ,’ उनले भने । त्यसपछि गाडीमा हालेर बेलबारी अस्पताल लगेको उनको भनाइ छ ।

 

काफ्लेले मङ्गलबार उनलाई उद्धार गर्नु अघिको परिवेश बताए, ‘जिउभरि रुखमा लाग्ने रातो रङको किरा लागेको थियो । हात र खुट्टाको पञ्जामा कमिलाले खाएर पिपजस्तो निस्किरहेको थियो । उनले भन्दा हामीलाई पाँच दिनजति भयो भन्ने इशारा गरे ।’

उनलाई पनि अनकन्टार जङ्गलमा ती वृद्धा आफैँ पुगेको विश्वास लाग्दैन । ‘यतिभित्र आफैँ आएका हुन् जस्तो मलाई लाग्दैन । त्यस्तो बुढो मान्छे । यहाँ हामीजस्तो मान्छे पनि पहिलोपटक एक्लै आएको खण्डमा बाटो पत्ता लगाएर फर्किन सक्ने अवस्था हुँदैन । यो अनकन्टार जङ्गलमा उनी कसरी आए रु यो कसैले ल्याएको हुनसक्ने सम्भावना धेरै छ,’ उनले भने, ‘उक्त एरियामा हात्ती प्रभावित क्षेत्र हो । बँदेलले पनि कहिलेकाहीँ आक्रमण गर्ने प्रयास गर्छ । हात्ती वा बँदेलले भेटेको अवस्था थियो भने उनलाई आक्रमण गर्न सक्थ्यो ।’

बेलबारी–चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उक्त ठाउँमा मोटरसाइकल गुडेको डोब भेटिन्छ । ‘वृद्धा रहेको स्थानबाट उक्त मोटरसाइकल फर्किएको डोब देखिन्छ,’ गिरी भन्छन्, ‘कसैले लगेर छोडेको हुनसक्ने आशङ्का हो । घटनाको गहिरो अनुसन्धान हुनु आवश्यक छ ।’

तर, उनका छोरा जलवा ऋषिदेवले सुन्दरहरैंचा अस्पतालमा उपचाररत बुबाले ‘म आउँदा आउँदै लडेँ’ भनेको सुनाए । ‘खाएको थियो होला ९मदिरा० । घामको बेला लड्यो होला । त्यसपछि उठ्न सकेन । पानीले कुटेर लोत बनाएछ । अनि यस्तो भएको होला,’ उनी भन्छन् ।

नातिनी पुनम ऋषिदेवले घर जाउँ भनेर लिएर आएको तर, पुनम अगाडिअगाडि हिँडेका कारण उनले हजुरबुबा छुटेको थाहा नपाएको बताइन् । छोराबुहारीले जङ्गलमा छाड्यो भनेर प्रचार भएकोमा दुखेसो गर्दै जलवाले भने, ‘मलाई आरोप लगाए । मलाई सबैले चिन्छन् । म ट्वाइलेट सफा गर्ने काम गर्छु । म काम गरेर खाने मान्छे हुँ । म गलत काम गर्दिनँ । मेरो आफ्नो बाउ, कसरी लगेर छोड्छु भन्नु त ?’

 

उनी पनि हाइड्रोसिलका बिरामी हुन् । ‘दाउरा चिरेर यस्तो भएको छ । तातो काममा दाउरा चिराइ भयो अनि मलाई यस्तो भएको हो,’ आफ्नै पीडा उनले सुनाए । आफ्नो एउटा भाइ सवारी दुर्घटनामा मरेको र कान्छो भाइ इन्डियामा रहेको उनले सुनाए ।

सुन्दरहरैंचा–१ का वडाध्यक्ष राम विश्वास खवासले जामुनलालसँग आफूले कुरा गर्दा बाटो अलमलिएको बताएको जानकारी दिए । ‘म आफैँ हिँडेर जाँदा जङ्गलमा अलमलिएको बताएका छन्,’ वडाध्यक्ष विश्वासले भने, ‘जुका र कमिलाले टोकेर तथा गिलो माटो र निरन्तरको पानीले चुटेर उनको अवस्था खराब बनाएको थियो ।’

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीले वृद्धको उपचार भइरहेको र थप अनुसन्धान भइरहेको बताए । ‘कसैले लगेर छोडेको हो वा होइन भन्ने अनुसन्धानकै क्रममा छ,’ उनले भने ।

सुन्दरहरैंचा नगर अस्पतालका प्रमुख डा.सरोज मण्डलले वृद्ध ऋषिदेवको मिर्गौलामा समस्या देखिएको, प्लेटलेट र हेमोग्लोबिन कम देखिएको बताए । ‘अस्पतालमा भर्ना हुँदा ब्लड प्रेसर कम थियो । पिसाब फेर्न नसक्ने अवस्था थियो । उपचार सुरु गरेपछि अहिले परिवारसँग सम्वाद गर्न सक्ने अवस्थामा हुनुहुन्छ,’ डाक्टर मण्डलले भने, ‘पिसाब रोकिने समस्या पनि हल भएको छ । थप उपचारका लागि उहाँलाई कोशी अञ्चल अस्पतालमा पठाइएको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर