Aamsanchar

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गेस्टहाउसका दुई सञ्चालक पक्राउ

Author Image
बिहिवार, साउन ३, २०८१

काठमाडौं –नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा कोटेश्वरको एक गेस्टहाउसका दुईजना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ का ३२ वर्षीय नवीन थापा र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का १९ वर्षीय उज्वल खड्का छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई काठमाडौंको कोटेश्वरस्थित रामेछाप खाजाघर एन्ड गेस्टहाउसबाट पक्राउ गरेको हो ।

ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले परिवर्तित नाम २६ बबरमहल ९३३२० सहितका बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको खुलेको छ ।

ब्युरोका अनुसार उनीहरूले गेस्टहाउसमा बालिकाहरूलाई शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति ५०० रुपैयाँ दिने प्रलोभन देखाउँथे । तर, उनीहरूले ग्राहकबाट चारदेखि पाँच हजार रुपैयाँसम्म लिएर वेश्यावृत्तिमा लगाउँथे ।

न्यिदब िक्ष्mभ दबलप
उनीहरूले विभिन्न ग्राहक खोजेर नाबालिकाहरूमध्ये एक जनालाई छान्न लगाएर गेस्टहाउसमा रहेका कोठामा राखेर ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाउने गरेको ब्युरोले जनाएको छ ।

उनीहरूले बालिकालाई पुरुष ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्तलगायत साथीहरूलाई भनिदिने भनेर डर देखाएर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको छ ।

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको सूचनाको आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले गेस्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्धार गरेको छ ।

अभियुक्तहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर