Aamsanchar

बिर्तामोडमा एक व्यक्तिमाथि धारिलो हति*यार प्रहार गर्ने दुई जना पक्रा*उ

Author Image
बिहिवार, साउन ३, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ मा फूलको बिरुवा व्यवसाय गर्दै आएका भारतीय नागरिक अन्दाजी वर्ष ३५ का हविबुल स्लामलाई धारिलो हतियार प्रयोग गरेर घाईते बनाई फरार रहेका दुईजना पक्राउ परेका छन् ।

अस्ति राती ११ बजेको समयमा  इलाम  जिल्ला घर बताउने हाल बिर्तामोड –५ बस्ने वर्ष २१ को भद्रबहादुर बस्नेत र ताप्लेजुङ फुङलिङ नगरपालिका –६ घर बताउने हाल बिर्तामोड नगरपालिका –६ बस्ने वर्ष २६ को रोहन तामाङलाई स्लामलाई धारिलो हतियार ९छुरा० प्रहार गरेको कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति हिजो ३ गते बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित सुगम पेट्रोल पम्प नजिकबाट पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

घाईते स्लामको ढाड र कुममा चोट देखिएको छ उने उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर