Aamsanchar

रतुवा खोलाले बगाएको एक पुरुष मृत फेला  

Author Image
बिहिवार, साउन ३, २०८१

झापा । झापाको दमक स्थित रतुवा खोलाले बगाएको एक व्यक्तिको शव प्रहरीले फेला पारेको छ ।

घुँगी खोज्न खोलामा पसेका झापा शिवसतासी नगरपालिका–३ घर भई दमक नगरपालिका–८ गंगा शिवाकोटीको घरमा डेरामा बस्तै आएका वर्ष ३६ को राजु मण्डललाई दमक नगरपालिका वडा नम्बर ८ र १० छुट्याउने दिपिनी र रतुवा खोला दोभानमा खोज तलास गर्ने क्रममा आज मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घुँगी खोज्न साथमै गएका तिलक बुढाथोकीले राजु मण्डललाई बगाएको भनेर खबर गरेपछि  इलाका प्रहरी कार्यालय दमक र शसस्त्र प्रहरी बल पाडाजुङगीबाट खटिएको संयुक्त टोलीले खोजतलास गरेको थियो । लासको सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमको लागि दमक अस्पताल दमकमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर