Aamsanchar

महाकाली किनारबाट एक बालिका बेपत्ता

Author Image
शुक्रवार, साउन ४, २०८१

बैतडी – महाकाली किनारबाट एक बालिका बेपत्ता भएकी छन्।

बेपत्ता हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका २ डिम्बरकी १४ वर्षीया ममता मंगोला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। बाख्रा चराउन भनि घरबाट नजिकै रहेको महाकाली नदी किनार गएकी ममता बेपत्ता भएकी हुन्।

ममता बिहीबारदेखि बेपत्ता भएकी भए पनि घरपरिवारले प्रहरीलाई भने आज बिहान मात्रै खबर गरेको हो। बालिका महाकाली नदीमा बगेकी हुनसक्ने अनुमानका साथ खोजी कार्य भइरहेको छ।

बेपत्ता ममताको खोजी कार्यका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर