Aamsanchar

एसीसी महिला एसिया कपमा आज यूएईसँग नेपाल भिड्दै

Author Image
शुक्रवार, साउन ४, २०८१

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपाल भिड्दै छ । श्रीलंकाको दाम्बुल्ला इन्टरनेसनल स्टेडियममा उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली टिममा कप्तान वर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर