Aamsanchar

ज्यान जोखिममा राखेर सप्तकोशी नदीमा काठदाउरा सङ्कलन

Author Image
शुक्रवार, साउन ४, २०८१

इनरुवा-सप्तकोशी नदीमा सुनसरी र सप्तरीका कोशी आसपास क्षेत्रमा बाढी र पानीमा बगेर आउने काठदाउरा सङ्कलनमा स्थानीयको भिड लागेको छ । कोशी नदी किनारमा भाला, डोरी, डुङ्गाको सहायताले काठदाउरा सङ्कलनमा लागेकाको भिड बढेको हो ।

असारदेखि भदौसम्म कोशी नदीमा बाढी आउन सक्ने र डुबान हुन सक्ने भएकाले कोशी किनारमा आवतजावत तथा नाउ सञ्चालनमा समेत सरकारले रोक लगाएको भए पनि त्यसको बेवास्ता गर्दै नाउ÷डुङ्गाको सहायताले काठदाउरा सङ्कलनमा स्थानीय जुटिरहेका छन् ।

स्थानीय देवराज यादवले दैनिक सयौँको सङ्ख्यामा कोशी नदी किनारदेखि कोशी ब्योरज पुलसम्ममा काठदाउरा सङ्कलनमा स्थानीय जुट्ने गरेको बताउनुहुन्छ । वराहक्षेत्र नगरपालिकाको राजाबास, महेन्द्रनगर र मधुवन क्षेत्रमा काठदाउरा सङ्कलन गर्नेको भिड लागेको स्थानीय दिनेश मण्डलले जानकारी दिनुभयो ।

वराहक्षेत्र नगरपालिकाको राजाबास घाटमा मात्रै दैनिक पाँचदेखि ११ वटा नाउ काठदाउरा सङ्कलन गर्न प्रयोग हुने गरेको छ । प्रतिनाउमा पाँच जानका दरले एक पटकमा ५५ जनासम्म कोशीमा पस्ने गरेकोे अर्का स्थानीय सन्तोष चन्द्रवंशीले जानकारी दिनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जलमार्गमा निषेध गरिएकोले कोही कसैले निर्णयविरुद्ध गरेको भए कारबाही हुने प्रतिक्रिया दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर