Aamsanchar

परराष्ट्रमन्त्री डा. राणा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

Author Image
शुक्रवार, साउन ४, २०८१

काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राजदूत थम्पसनले मन्त्री राणालाई बधाइ तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

मन्त्री राणा र राजदूत थम्पसनबीच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विविध पक्षमा छलफल भएको थियो। भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरूले प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई भेटेर बधाइ तथा शुभकामना दिइरहेका छन्। आजै राजदूत थम्पसनले गृहमन्त्री रमेश लेखकलाई भेटेर बधाइ तथा शुभकामना दिएका थिए।

 

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर