Aamsanchar

बालेन शाहको पुत्ला दहन

Author Image
शुक्रवार, साउन ४, २०८१

काठमाडौँ – काठमाडौँ महानगरका प्रमुख बालेन शाहको आज साँझ पुत्ला दहन भएको छ।

न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन्। आज उनीहरूले दिनभर सो क्षेत्रमा प्रदर्शन पनि गरेका थिए।

महानगरपालिका २२ का वडाध्यक्ष चिनकाजी श्रेष्ठको नेतृत्वमा न्युरोडको फुटपाथ निर्माण कार्यमा अवरोध भएको हो। फुटपाथ सडकलाई पैदलयात्री मैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो।

तर,जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रूपमा हस्तक्षेप गर्‍यो। यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरे बमोजिमको अन्तरिम आदेश दिएपछि उक्त निर्माण कार्य सुचारु भएको थियो। त्यस विरुद्ध आज आन्दोलन भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर