Aamsanchar

प्रत्येक वडाका उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्ने हल्दिबारी गाउँपालिकाकाे याेजना

Author Image
शनिवार, साउन ५, २०८१


जलथल- हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मान गर्ने बताउनुभएको छ । कृषक तथा लघु उध्यमीहरूलाई सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक बर्ष देखी प्रत्येक वडा बाट १/१ जना गरि उत्कृष्ट ५ कृषकलाई नगद पुरस्कार सहित सम्मान गर्ने बताउनुभएको हो ।

गाउँपालिकामा ठुला उध्योगहरु नभएकाले कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । त्यस्का लागि कृषकको मेहत उत्तिकै आवस्यक रहेको बताउनुभयो ।

हल्दिवारी गाउँपालिकाका अधिकाङ्श मानिसहरुले कृषि पेशालाई अंगालेको पाईन्छ । गाउँपालिकामा संचालित तोरी पकेट, आलु पकेट, तरकारी पकेटका साथै मत्स्य पकेट र वाख्रा पकेट कार्यक्रमहरुबाट किसानहरु लाभान्वित भएका छन् । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष दिङदेनले निसुल्क सामाग्रि प्रदान गर्दा त्यसको अवमुल्यन हुने गरेको पाईएकाले लागत साझेदारी अवधारण अनुसार प्रदान गरिएको बताउनुभयो ।

पशुपालन र कृषिलाई प्राथमिक्ता दिँदै आएको हल्दिबारीले सवै वडामा पशु प्राविधिकहरुको व्यवस्था गरेको छ, वडाबाटै पशु स्वास्थ्य सम्बन्धि सामान्य सेवा प्रवाह हुनुको साथै आवश्यक न्यूनतम नाम्ले, जुका लगायतका औषधिहरु निःशुल्क उपलब्ध गराइएको छ । किसानहरुसँगको लागत साझेदारीमा वंगुर प्रवद्र्धन कार्यक्रम संचालन गरिएको छ ।
निःशुल्क कृतिम गर्भाधान कार्यक्रम, सुत्केरी भएका गाई भैसीहरुलाई प्रोत्साहन स्वरूप पाेषण प्याकेज कार्यक्रम, पशु विमा कार्यक्रम संचालन गरिनुको साथै महामारीजन्य रोगहरु पिपिआर, खोरेत र स्वाईन फिवर आदिबाट बचाउनको लागि निःशुल्क खोप सेवा संचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर