Aamsanchar

नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दै

Author Image
शनिवार, साउन ५, २०८१

काठमाण्डौ – काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे मालेको सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।

यसअघि नेपाल लगातार दुई खेलमा पराजित भयो । गएराति भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा र पहिलो खेलमा श्रीलङ्कासँग ३–१ को सेटमा हारेको थियो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, किर्गिस्तान र श्रीलङ्का सहभागि छन् ।

नेपाल र माल्दिभ्स दुई खेलमा अङ्कविहिन हुँदा श्रीलङ्का र किर्गिस्तानको समान ६ अङ्क छ । सबै टोलीले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल साउन ८ गते हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर