Aamsanchar

कांग्रेसले कमजोरी हटाएर आफूलाई सुधार्नुपर्छ : थापा

Author Image
आइतवार, साउन ६, २०८१

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए।

उनले कांग्रेसभित्र पठन संस्कृति छ भन्नेकुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए। उनले पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए। उनले काँग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने बताए।

उनले भने, ‘नेपाली काँग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन। आफैँ भित्र खोज्नुपर्छ। हामीसँगै छ त्यो। हामीभित्रै छ। त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनुपर्छ। अझ उज्यालो बनाउनुपर्छ।ु महामन्त्री थापाले कांग्रेसलाई स्रोत केन्द्रको आवश्यकता रहेको पनि बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर