Aamsanchar

बुढानिलकण्ठमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Author Image
आइतवार, साउन ६, २०८१

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–११ खरिबोट प्रगति चोक डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–६ घर भएका ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ५ सय रूपैयाँ, ६ बुक तास र ३७ थान क्वाईन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर