Aamsanchar

राजेन्द्र लिङदेनले भने : राजनीतिक अस्थिरताको कारक नै कांग्रेस-एमाले हुन्

Author Image
आइतवार, साउन ६, २०८१

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारक नै कांग्रेस- एमाले भएको आरोप लगाएका छन्।

आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै यस्तो आरोप लगाएका हुन्। उनले गणितले मात्रै काम गर्ने भएको भए कम्युनिष्ट पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याउँदा पनि ५ वर्ष सरकार चल्न नसकेको बताए।

उनले कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताए। उनले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए।

‘अहिले मुलुकमा स्थिरता नहुनु,समावेशी,समानुपातिकमा साना दलहरु होइनन्‚ दुई दलहरुको क्रियाकलाप मुख्य हुन्। साना दलहरुलाई आवश्यक परेको वेला फुटाउनु हुन्छ‚ साना लोभ देखाएर फकाउँदै सँगै बसाउनु हुन्छ‚ चलखेल तपाईंहरु गर्नुहुन्छ‚’ उनले भने, ‘गणितलेमात्रै काम गर्ने भएको भए कम्युनिष्ट पार्टी एक्लैले करिब दुई तिहाई मत ल्याएको होइन‚ किन ५ वर्ष सरकार चलेन। कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याएको होइनरु साना दल र समानुपातिकको समस्या होइन‚ कांग्रेस र एमालेको प्रवृत्ति र चरित्र हो।’

उनले न्यायालयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर