Aamsanchar

डाक्टरको सल्लाहविना जापानमा औषधि किनेर दुरुपयोग गर्ने क्रम बढ्याे

Author Image
आइतवार, साउन ६, २०८१

जापानमा डाक्टरको सल्लाहविना औषधि किनेर दुरुपयोग गर्ने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयको एक नयाँ अध्ययनअनुसार गएको वर्ष जापानमा ६ लाख ५० जना जना मानिसले डाक्टरको सिफारिशविना नै औषधि किनेर दुरुपयोग गरेका छन् । यसरी औषधि किनेर दुरुपयोग गर्नेहरूमा किशोर किशोरीहरू सबैभन्दा धेरै रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

१५ देखि ६४ वर्ष उमेर समूहका झन्डै शून्य दशमलव ७५ प्रतिशत जनसङ्ख्याले ओभर–द–काउन्टर (ओटीसी)औषधिहरू प्रयोग गरेका थिए । खोकी र दुखाइ कम गर्ने औषधिहरू अत्यधिक मात्रामा दुरुपयोग भएको खबरमा उल्लेख छ ।

यस्तै १५ देखि १९ वर्ष उमेर समूहका ८५ हजार जना किशोरकिशोरीले औषधिको दुरुपयोग गरेका छन् । जुन अन्य कुनै पनि उमेर समूहको तुलनामा उच्च दर हो ।

अध्ययनको नेतृत्व गर्ने शिमानेले उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई औषधिको दुरुपयोग र अधिक मात्रामा सेवा गर्दाको जोखिमबारे जानकारी दिनुपर्नेमा जोड दिनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर