Aamsanchar

फुटपाथ विस्तारविरुद्ध काठमाण्डौ वडा नम्बर २२ द्वारा सडकबाटै सेवा शुरु

Author Image
आइतवार, साउन ६, २०८१

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गरेको छ । न्युरोड क्षेत्रमा महानगरपालिकाले शुरु गरेको सडकपेटी (फुटपाथ) विस्तारविरुद्ध वडा नम्बर २२ ले धर्मपथ सडक खण्डमा पालभित्रबाट सेवा शुरु गरेको हो ।

न्युरोडमा फुटपाथ विस्तारविरुद्ध यसअघि २२ नम्बर वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयवासीले विरोध गर्दै आएकामा वडाले दबाब स्वरूप आजदेखि सडकबाटै सेवा शुरु गरेको हो । महानगरले न्युरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको सबै काम सडकबाटै सञ्चालन गर्नै वडाध्यक्ष महर्जनले बताउनुभयो ।

उच्च अदालत पाटनको आदेशसँगै महानगरले गएको बुधवारदेखि फुटपाथ विस्तारको काम शुरु गरेको थियो । तर अस्ति शुक्रवारदेखि स्थानीयले विरोध गर्दै आएका हुन् ।

यसअघि जेठ ११ गते नै पैदलमार्ग विस्तार थालेको भए पनि सडक विभागले आफ्नो क्षेत्र भन्दै हस्तक्षेप गरेपछि काठमाण्डौ महानगर उच्च अदालत गएको थियो । उच्च अदालतले काठमाण्डौ महानगरको पक्षमा अन्तरिम आदेश दिएपछि फेरि काम शुरु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर