Aamsanchar

अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना, कोशीका मुख्यमन्त्रीले गरे स्वास्थ्य लाभको कामना

Author Image
आइतवार, साउन ६, २०८१

माेरङ –अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।

विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार यता तर आएका थिए ।

आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् । उनले अभिनेताको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ ।

नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो । आरामका लागि अझै दुई दिन उनी अस्पतालमा रहने छोरा मोहितले बताए । ‘अहिले बुवाको अवस्था सामान्य छ,’ उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर