Aamsanchar

मोरङको एक जब प्लेसमेन्ट कम्पनीबाट दिनदाहाडै १४ लाख रुपैयाँ लुटपाट

Author Image
आइतवार, साउन ६, २०८१

विराटनगर – मोरङको विराटनगरस्थित एक जब प्लेसमेन्ट कम्पनी (जागिरमा लगाइदिने)बाट अज्ञात समूहले १४ लाख रुपैयाँ लुटपाट गरेको छ । विराटनगरको कञ्चनबारीस्थित एभरेस्ट बैंकबाट झिकेर ल्याइएको रकम आइतबार अपराह्न लुटिएको हो ।

मोटरसाइकलमा आएका लुटेराले रकम लुटेको विराटनगर महानगरपालिका–३ का अमलेशकुमार कर्णले बताए । कार्यालयमा आएका एक नकाबधारीले झोला थुतेर भागेको उनको भनाइ छ ।

पाथीभरा जब प्लेसमेन्ट प्रालिका सञ्चालक विवेक कर्णले लेबर पेमेन्टका निम्ति बैंकबाट झिकेर ल्याएको रकम लुटिएको जानकारी दिए । उनले भने, “बैंकबाटै लुटेराले दागा धरेको अथवा चिनजानकै कसैले योजना बनाएर लुटेको हुनसक्छ ।”

मोटरसाइकलमा आएका लुटेराले नकाब लगाएर कार्यालयमा हतियार देखाई झोला खोसेर भागेको कर्णले सुनाए । ती व्यक्ति कार्यालयनजिकैको सडकमा स्टार्ट बन्द नगरी राखिएको मोटरसाइकल चढेर भागेको उनले जानकारी दिए ।

घटनामा संलग्नको खोजीकार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त कम्पनीले निर्माण र अरू क्षेत्रमा काम गर्ने श्रमिकलाई रोजगारी दिने गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर