सिलगुडी – बिग्रेको गाडी बनाउन भन्दै एक पाकिस्तानीलाई लिएर भारत छिरेका दुई नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाकिस्तानको मार्दनका ४६ वर्षीय सइफ उल्लाह छन् । उनीसँगै नेपालीका ५१ वर्षीय मनबहादुर थापा र ४० वर्षीय मेघबहादुर थापासमेत पक्राउ परेका छन् । उनीहरूलाई भारतको पानी ट्यांकीको ४१ बटालियनले पक्राउ गरेको हो ।
उनीहरूलाई स्थानीय खरीबारी प्रहरीमार्फत शनिबार स्थानीय अदालतमा लगिएको थियो । उनीहरू चढेको गाडी भारतीय भूभागमा ४०० मिटरभित्र पुगेपछि रोकिएको थियो ।
दार्जिलिङका एसपी प्रवीण प्रकाशले सुरक्षाका कारण उनीहरूलाई अदालतमा पेस गरिएको जनाएका छन् । उनीहरू गाडी मर्मतको लागि भारत छिरेको पाइएको जनाएका छन् । टाइम्स अफ इन्डिया
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 18