Aamsanchar

सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलाले बगाएर दुईजना बालबालिकाको मृ*त्यु

Author Image
सोमवार, साउन ७, २०८१

धरान – खोलाले बगाएर दुईजना बालबालिकाको मृत्यु भएको छ। सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलाले बगाएर दुईजना बालबालिकाको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।

आइतबार सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का विष्णु परियारको ७ वर्षीय छोरी विविशा परियारलाई सुनसरी खोलाको किनारामा खेल्नेक्रममा खोलाले बगाएर मृत्यु भएको दाहालले जानकारी दिए।

त्यस्तै मोरङको सुनवर्सी नगरपालिका–७ सुकुम्वासी टोलका श्रीकुमार ऋषिदेबको ९ वर्षीय छोरा अमन ऋषिदेवको मरिया खोलामा पौडी खेल्नेक्रममा खोलामा डुबेर मृत्यु भएको दाहालले बताए। घटनापश्चात प्रहरीले दुबै जनाको शव फेला पारेर परिवारलाई बुझाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर