Aamsanchar

इलाममा पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइयो

Author Image
सोमवार, साउन ७, २०८१

इलाम-कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज इलाममा मनाइएको छ । नेकपा (एमाले)जिल्ला कमिटीले पार्टी कार्यालयमा पुष्पलालको स्मृति सभा गरेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष गणेशप्रसाद बरालको अध्यक्षता भएको कार्यक्रममा श्रेष्ठको तस्बिरमा अबीर तथा माल्यार्पण गरी उहाँको योगदानबारे चर्चा गरिएको छ ।

कार्यक्रममा जिल्ला कमिटी सचिव उमेश गुरुङ, उप–सचिव रवीन्द्र सुवेदीसहितका नेताहरूले श्रेष्ठको योगदानको चर्चा गर्नुभएको थियो । यस्तै, जिल्लास्थित एमालेका पालिका कमिटी र वडा कमिटीले समेत विभिन्न कार्यक्रम गरी श्रेष्ठको सम्झनामा स्मृति दिवस मनाएका छन् । श्रेष्ठको नेतृत्वमा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको इतिहास छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर