Aamsanchar

काठमाडौं वडा नम्बर २२ ले आज पनि सडकबाटै सेवा दियो

Author Image
सोमवार, साउन ७, २०८१

काठमाण्डौ – काठमाण्डौको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिइरहेको छ ।

हिजोदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले सडकमा पाल टाँगेर वडाको काम गर्न थाल्नुभएको हो । वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्ने महर्जनले बताउनुभयो ।

उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा फुटपाथ विस्तार गर्न शुरु गरेपछि स्थानीयवासीले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका छन् ।

तर महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले विगतमा गाडी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको जानकारी दिनुभयो । आयोगका उपाध्यक्ष राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरीत काम नभएको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर