Aamsanchar

आज विदेशी मुद्राको विनिमय दर

Author Image
मङ्गलवार, साउन ८, २०८१

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी १ डलरको बिक्रीदर १३४ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
मंगलबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६० पैसा पाइन्छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ५२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ५६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ ।

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीदर २८ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।

यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४३६ रुपैयाँ ९३ र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)