Aamsanchar

दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट

Author Image
मङ्गलवार, साउन ८, २०८१

कैलाली – कैलालीमा चैते धान लगाएका किसानले यो वर्ष बाढीका कारण धान भित्र्याउन पाएनन् । गएको असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको किसानले बताएका छन् ।

एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएका भजनी नगरपालिका–८ का ओम पाण्डेले उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि सबै क्षेत्रमा चैते धान लगाएको तर डुबानले सखाप बनाएको बताउनुभयो ।

भजनीकै लालप्रसाद न्यौपानेले पनि चैते धान भित्र्याउन पाउनुभएन । असार १९ गतेको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि रोपाइँ गर्दा भएको खर्चको जोहो समेत गर्न मुस्किल भएको उहाँको भनाइ छ ।

यस वर्ष ढिलो गरी धान रोप्नु र छिटो बाढी आउनुले पनि धेरै किसानको धान डुबानले नष्ट हुन पुग्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर