Aamsanchar

नाबालिकाको चरित्रहत्या गर्ने युवक प*क्राउ

Author Image
मङ्गलवार, साउन ८, २०८१

काठमाण्डौ – नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोको टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–२८ बस्ने २० वर्षीय मो.जे एच अजवानलाई पक्राउ गरेको हो ।

उनले पीडित नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएको र त्यस्तै क्रियाकलाप गर्न दबाब दिएका ब्युरोले जनाएको छ । ती युवकले त्यस्ता क्रियाकलाप रेकर्ड गरी सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिन्छु भनी मानसिक दुःख हैरानी दिएका थिए ।

युवकमाथि काठमाण्डौ जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर