Aamsanchar

धूवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृ*त्यु

Author Image
मङ्गलवार, साउन ८, २०८१

काठमाण्डौ – जुम्लामा धूवाँमा निसासिएर १२ दिनकी सुत्केरी र सुत्केरीकी बहिनीको ज्यान गएको छ ।

आइतवार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धूवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ की २२ वर्षीया मायालक्ष्मी महतरा र १९ वर्षीया जुनमाया रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदीलाल कामतीले जानकारी दिनुभयो ।

सुत्केरी र सुत्केरीलाई स्याहार गर्न गएकी बहिनी हिजो बिहान बेहोस अवस्थामा भेटिएका थिए । उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगेकोमा दिदीको हिजो बिहान र बहिनीको आज बिहान ज्यान गएको डिएस्पी कामतीले जानकारी दिनुभयो ।

अहिले बच्चाको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर