Aamsanchar

उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय

Author Image
मङ्गलवार, साउन ८, २०८१

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ।

सञ्चालक समितिको आजको बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ। प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय भएको हो।

प्राधिकरण सञ्चालक समितिले गरेको निर्णयमा भनिएको छ, “तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार विद्युत् लाइन जोड्ने निर्णय गरिएको छ।”

विद्युत् काटिएका छ वटा उद्योगमा आज साँझबाट क्रमिकरूपमा लाइन जडान गरिने जनाइएको छ। उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटिएको थियो।

प्राधिकरणलाई यसअघि सरकारबाट लाइन जोड्न दबाब परेको समाचार सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर