Aamsanchar

गायिका कोपिला गौतमले पाइँन् यो वर्षको शोभा अर्जुन संगीत पुरस्कार

Author Image
बुधवार, साउन ९, २०८१

काठमाडौं – यो वर्षको शोभा अर्जुन संगीत पुरस्कार गायिका कोपिला गौतमलाई प्रदान गरिने भएको छ। नेपाली लोक संगीत तथा लोक दोहोरी विधामा करिब २० वर्षदेखि गौतमले योगदान पुर्याउँदै आएकी छन्। शोभा अर्जुन संगीत कोषको तर्फबाट प्रदान गरिने पुरस्कारको राशी २०,००० रहेको छ।

उक्त पुरस्कार यही साउन ११ गते प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७१औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने भएको हो।

गायिका गौतमको स्वास्थ्य अवस्थाको प्रतिकुलताका कारण उक्त पुरस्कार उनको निवासमा नै प्रदान गरिने भएको कोषले जनाएको छ।

उनले प्राध्यापक तिवारीसँग ललितकला क्याम्पसमा उनको विद्यार्थीको रुपमा नेपाली लोक संगीत अध्ययन गरेकी थिइन्।

गायिका गौतम विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित छिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर