Aamsanchar

विमानमा सबै सौर्य एयरलाइन्सको चालक दलका सदस्य र कर्मचारी रहेको प्रारम्भिक जानकारी

Author Image
बुधवार, साउन ९, २०८१

पोखरा । मर्मतका लागि पोखरा आउँदै गर्दा सौर्य एयरलाइन्सको ९ एन-एएमई कलसाइनको जहाज दुर्घटनामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखराको ह्यांगरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको थियो ।

पोखराको ह्यांगरमा राखेर मर्मत गर्नका लागि उक्त जहाजले अनुमति लिएको थियो, प्रवक्ता सुवेदीले बताएकी छन् ।

काठमाडौं टेकअफ गर्नेबित्तिकै सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै दुर्घटनामा परेको हो । विमानमा सबै सौर्य एयरलाइन्सको चालक दलका सदस्य र कर्मचारी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सौर्य एयरलाइन्सले काठमाडौंबाट पोखरा भने नियमित उडान गर्दैन ।

विमान चालक मनिषरत्न शाक्यलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर