Aamsanchar

सौर्यको जहाज दुर्घटना भएपछि बन्द भएको विमानस्थल नियमित सञ्चालनमा आयो

Author Image
बुधवार, साउन ९, २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । दिउँसो १ बजेदेखि विमानस्थल नियमित सञ्चालनमा आएको विमानस्थलले जनाएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्डयनकर्मीका लागि जारी गरिने सूचना (नोटाम) १२ः४५ बजेसम्म जारी गरेको थियो ।

नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए । जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको थियो । यो समयमा अवतरण तालिका पाएका कतिपय विमानलाई होल्ड गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर