Aamsanchar

जहाज दुर्घटनामा परी घाइते क्याप्टेनकाे आकस्मिक कक्षमा उपचार जारी

Author Image
बुधवार, साउन ९, २०८१

काठमाडौं – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल केएमसीको आकास्मिक कक्षमा उपचार भइरहेको छ।

अस्पतालका चिकित्सक डा विशद दाहालका अनुसार क्याप्टेन शाक्यको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएको छ। आकस्मिक उपचार कक्षमा राखरे उपचार जारी रहेको उनले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनामा परेर घाइते भएका शाक्यलाई सुरक्षाकर्मीले तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज आज करिब ११ बजेतिर दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको पुष्टि भएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर