Aamsanchar

आज दुर्घटना भएको सौर्यको जहाज २१ वर्ष पुरानो

Author Image
बुधवार, साउन ९, २०८१

काठमाडौँ । काठमाडौंबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरलाइन्स को ९–एन–एएमई कलसाइन (9N-AME CRJ 200 ) रहेको सौर्य एयरलाइन्सको जहाज २१ वर्ष चार महिना मात्रै पुरानो रहेको देखिएको छ ।

जहाजको आयुको हिसाबमा खासै पुरानो नभएको यो विमान मर्मतको लागि पोखरा लगिँदै थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो ।

सी–चेक भन्नाले जहाजका सम्पूर्ण पार्टपुर्जा गहिराइमा गएर चेक तथा मर्मत गरिने भन्ने हो ।

बम्बार्डियर सीआरजे २००’ टाइपको यो एयरक्राफ्ट क्यानडामा सन् २००३ मा निर्माण सम्पन्न भएको हो ।

मे २०३३ मा अमेरिकाको एट्लान्टिक कोस्ट एयरलाइन्सले चलाएको यो एयरक्राफ्ट अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्ट एयरलाइन्सले किनेको थियो ।

तीन वर्षपछि जुन २००७ मा नाइजेरियाको एरिक एअरले किनेको थियो । त्यसको वर्ष दिनपछि सन् २००८ मा अप्रिलमा एसए एक्सप्रेसले जहाज किनेको थियो ।

९ वर्षसम्म एसए एक्सप्रेसले जहाज चलायो ।

त्यसपछि जनवरी २०१७ मा अमेरिकाकै एरोजेल कम्पनीले जहाज किनेको थियो । त्यसको तीन महिनापछि मार्च २०१७ मा नेपालको सौर्य एयरलाइन्सले सो जहाज किनेर नेपाल ल्याएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर