Aamsanchar

भीमेश्वर मन्दिरको शिलामा फेरि आउन थाल्यो पसिना

Author Image
बुधवार, साउन ९, २०८१

दोलखा – दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा आज बुधबार दिउँसोबाट फेरि ‘पसिना’ आउन थालेको छ।

शनिवार पसिना आएर रोकिएको मन्दिरमा आज फेरि पसिना आएको मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार भीमेश्वरको शिलामा दिउँसो १२ स् ४५ देखि ‘पसिना’ आएको हो। शनिवार बायाँ भागमा पसिना आएको थियो भने आज शिलाको पुरै भाग ओगटेर पसिना आएको श्रेष्ठले बताए।

यसअघि २०७७ सालको फागुनमा कोरोना अघि भीमेश्वरको शिलामा पुरै भागमा ‘पसिना’ आएको थियो। शिलामा पसिना आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घन्टा बजाउने, धूपबत्ती गर्ने चलन छ। शिलामा ‘पसिना’ पुछेको कपास लिनेको ठूलो भीड लाग्छ।

शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगब्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहेको छ। बायाँ भागतर्फ पसिना आउँदा जनतालाई दुख कष्ट हुने र दायाँ भागतर्फ पसिना आएमा राष्ट्र प्रमुखलाई अनिष्ट हुने जनविश्वास रहेको जनाइएको छ।

२०७८ वैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको थियो भने आज आएको पसिना २२औँ पटकको हो। शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ।

शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमा पूजा गर्ने प्रचलनसमेत रहेको छ। क्षमा पूजाका लागि राष्ट्रपतिबाट सामग्री पठाउने प्रचलन छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर