Aamsanchar

ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई काँग्रेसले मन्त्री बनाएको भन्दै आलोचना

Author Image
बुधवार, साउन ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनीमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्त बादशाह कुर्मीलाई मन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ । बुधबार कुर्मीले विनाविभागीय मन्त्रीमा नियुक्त भएर शपथ लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको निर्मलाका परिवारको आरोप छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरु फेला परेको बताइएको छ । एकल महिला रहेकी निर्मलाको सम्पत्ती हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको परिवारको दाबि छ ।

ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाइरहेको भन्दै अझ अहिले मन्त्रीनै बनेपछि सामाजिक सञ्जाल र मिडियामा आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर