Aamsanchar

रोङ गाउँपालिकाले सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनामा १९ लाख जम्मा

Author Image
बिहिवार, साउन १०, २०८१

इलाम-इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख ६ हजार चारसय ८८ रूपैयाँ रकम जम्मा भएको छ । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रूपैयाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो ।

गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रूपैयाँ बचत थालेको थियो ।

गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत गर्न प्राइम कमर्सियल बैकसँग दोहोरो सम्झौतागरी एक हजार आठसय ६९ जना बिद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनुभयो । स्याङवोले अबको दस बर्षमा रोङ बिद्यार्थी लाई उच्च शिक्षाको लागि आर्थिक अभाब मुक्त गराउने दाबी गर्नुभयो।

तीनतहको सरकारले हाल छात्रवृत्ति मा गरेको खर्चलाई रोकेर बचत प्रणाली मा लगानी गर्ने हो भने दस बर्षमा उच्च शिक्षामा आर्थिक अभाबको समस्य देश भरि समाधान हुने भएकाले सरकारको ध्यान पुगोस भन्ने आग्रह गर्नुभयो।

२०८१ असार मसान्तसम्मको आठ महिना अवधिमा दैनिक एक रूपैयाँका दरले बिद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सातसय ६१ रूपैयाँ र बैंकको तर्फबाट प्रतिबिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौसय रूपैयाँ जम्मा भएको छ ।

बैंकले बिद्यार्थीको खाता खोल्दा प्रतिबिद्यार्थी एक सय रुपियाँ जम्मा गर्ने गरेको छ । पालिकाले बिद्यार्थी बिद्यालय आएको दिन एक रुपियाँका दरले जम्मा गरीदिने गरेको छ । अविभावकले मासिक रुपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैंकमा रकम जम्मा गर्ने गरेको छ ।

रोङ गाउँपालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत बिद्यालय रहेका छन् । पालिका भित्र बैंक खाता सञ्चालन गर्दा दुई हजार दुईसय ५३ जना बिद्यार्थी थिए । अहिले एकसय १२ जना थपिएका छन । पालिकाले बिद्यालयमा आइसीटि शिक्षा अन्तर्गत नौ वटा माध्यमिक बिद्यालयमा सीसीटिभी र इलेक्ट्रोनिक हाजीरी र ल्याव स्थापनना गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर