Aamsanchar

आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग

Author Image
बिहिवार, साउन १०, २०८१

काठमाडौँ । यस वर्ष आईपीएलको १८औं सिजन अघि मेगा लिलामी आयोजना गरिने भएको छ । यसअघि फ्रेन्चाइजीले खेलाडीलाई रिलिज गर्नुपर्नेछ।

हालै बसेको आइपिएल गर्भर्निंग काउन्सिल र फ्रेन्चाइजीहरूले भेट गरेर तीन परिवर्तनको माग गरेका छन् । उनीहरुले मेघा लिलामीको अवधि, खेलाडी रिटेन्सनको संख्या र राइट टु म्याचको नियम परिवर्तनको माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार फ्रेन्चाइजीहरूले आईपीएलका तीन नियममा परिवर्तनको माग गरेका थिए । मेघा अक्सन अघि बसेको उक्त बैठकमा फ्रेन्चाइजीहरुले मेगा अक्सनको समयावधि पाँच वर्ष गर्न माग गरेका थिए । यसबाहेक उनीहरुले चारदेखि ६ जना खेलाडी राख्न पाउने र प्रत्येक टोलीलाई कम्तीमा आठ राइट टु म्याच (आरटीएम) को विकल्प दिइनुपर्ने माग गरेका छन् । तर, यी विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।

हरेक पाँच वर्षमा मेगा लिलामी गर्ने मागको कारण युवा खेलाडीलाई तयारी गर्ने मौका दिने हो । यसले अनक्याप्ड खेलाडीहरूलाई फाइदा पुग्छ र उनीहरूले आफ्नो खेल सुधार गर्न सक्षम हुनेछन् । हाल आईपीएलको मेघा लिलामी प्रत्येक तीन वर्षमा हुन्छ ।

यस बैठकमा, फ्रेन्चाइजीहरूले आईपीएल अधिकारीहरूबाट राइट टु म्याच (आरटीएम) विकल्पमा परिवर्तन गर्न माग गरे । फ्रेन्चाइजीहरू मेघा लिलामी अघि यसलाई आठमा घटाउन चाहन्छन् । यदि यसो भयो भने, टोलीहरूले आफ्ना पुराना खेलाडीहरूलाई उच्च बोलीमा मिलाएर टोलीमा पुनः समावेश गर्न सहज हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर