Aamsanchar

अरनिको अस्पतालका डाक्टर यादव कोठामा मृत फेला

Author Image
बिहिवार, साउन १०, २०८१

उर्लाबारी-मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिनुभएको छ ।

बिहीबार बिहान उहाँ कोठामा अचेत अवस्थामा भेटिनुभएको थियो । यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आउनुभएको थियो ।

३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देख्नुभएको थियो । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गर्नुभएको थियो ।

प्रहरीले ढोका फुटाएर ८: ४० बजे अरनिको अस्पताल पुर्‍याउँदा डाक्टरले उहाँलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

शव पोस्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ । डेढ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर