Aamsanchar

झापामा दुई सँधियार बिच उत्पन्न विवाद हानाहानमा परिणत हुँदा ११ जना घाईते

Author Image
बिहिवार, साउन १०, २०८१

बिर्तामोड । झापा बाह्रदशी गाउँपालिका–३ राधानगरमा जग्गा सँधियार बिच भएको विवाद हानाहानमा परिणत भएपछि ११ जना घाइते भएका छन् ।

आज बिहान १० बजे स्थानीय परशुराम साह र रेखानन्द साह  बिच जग्गाको विषयमा विवाद उत्पन्न भएको थियो । उक्त विवादमा दुवै पक्षबाट परिवारका सदस्यहरू लाठीमुङ्ग्री, घरेलु धारिलो हतहतियारसहित हानाहानमा उत्रिँदा परिस्थिति हिंसात्मक बन्न पुगेको थियो ।

घटनामा  अजय कुमार साह, लिलानन्द साह, रेखानन्द साह, चाँदनी साह, पदमादेवी साह, विष्णुप्रसाद साह, महानन्द साह, पर्शुराम साह, विवेक साह, मुनाखोरी साह घाईते भएका छन् । उनीहरूको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

५ जना शक्त घाइते र बाँकी सामान्य अवस्था रहेको अस्पताल श्रोतले जानकारी दिएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर