Aamsanchar

एशिया कप खेलेर नेपाली महिला क्रिकेट टोली काठमाडौँ फर्कियाे

Author Image
बिहिवार, साउन १०, २०८१

काठमाडौँ – एशिया कप खेलेर नेपाली महिला क्रिकेट टोली बिहीवार दिउँसो काठमाडौँ फर्किएको छ। श्रीलंकामा भएको एशिया कप खेलेर नेपाली टोली फर्किएको हो।

त्यसैगरी श्रीलङ्काको दाम्बुलामा अन्ताराष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो। यो हारसँगै भारत प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

यसअघि दुई खेल खेलेको नेपालले युएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर